माङसेबुङकी युनिशा बनिन : अन्तराष्ट्रिय लिम्बू टिकटक प्रतियोगिताको विजेता - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङकी युनिशा बनिन : अन्तराष्ट्रिय लिम्बू टिकटक प्रतियोगिताको विजेता

दमक । इलामको माङसेबुङ निवासी युनिशा साँबाले अन्तराष्ट्रिय लिम्बू टिकटक प्रतियोगिताको उपाधि जितेकी छन् ।

हङकङ रहेर नेपाली कला संस्कृतिमा निरन्तर लागि राख्नुभएका कला संस्कृतिका अभियन्ता फु?लेन्देको बाउ उपनामले परिचित मौसम लिम्बूद्वारा लिम्बू कलासंस्कृतिलाई जगेर्ना गर्नको कोरोना कहरसँगै गरिएको लकडाउनमा संसारभर लिम्बू गीतलाई प्रचारप्रसार होस् भन्ने अभिप्रायले आयोजित २ महिने अन्तराष्ट्रिय लिम्बू टिकटक प्रतियोगिताको उपाधि इलाम माङ्सेबुङ् निवासी युनिशा साँबाले जितेकी हुन् ।

उपाधी जीतेसगैं साँबाले नगद २० हजार हात पारेकि छन् । त्यसैगरी प्रतियोगिताको उपबिजेता धरान–१० कि हाङ्सु आङबुहाङ्ले जितेकी छन् । उनले नगद १० हजार हात पारेकि छन् ।

त्यस्तै तेस्रो पुरस्कार ७ हजार ५ सय रुपैयाँ शिवसताक्षी, झापाका समिर जवेगुको ग्रुपले हात पारेका छन् । सान्त्वना पुरस्कार ५ हजार रुपैयाँ भने मिक्लाजुङ्, पाँचथरका ओसिन आङ्देम्बे लिम्बुको समूहले प्राप्त गरेका छन् ।

त्यसैगरी जुरी तर्फ ३ वटा समूहहरु लिम्बू ब्वाईज ग्रुप, भारत, सिक्किमलाई सर्वोत्कृष्ट टिकटक नृत्य, दिलमाया पन्धाक लिम्बू समूह बुद्धशान्ति झापालाई सर्वोत्कृष्ट कोरियोग्राफी र तुलसा नेम्बाङ्को समूह पथरीशनिश्चरे, मोरङ्लाई सर्वोत्कष्ट टिकटक भिडियो घोषणा गरी प्रत्येक समूहलाई १० हजार रुपैयाँ र तेह्रथुमे ढाका बुटिक नखिपोट ललितपुरको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको छ ।

विश्व नै कोरोनाबाट आक्रान्त बनेको बेला गत वैशाख १५ गतेबाट फूलन्देको बाउ नामको फेसबुक पेजको एडमिनबाट संचालन भएको टिकटक प्रतियोगिता असार १५ गते साँझ सम्पन्न भएको हो ।

टिकटिक प्रतियोगितालाई प्रोत्साहन गर्न विभिन्न व्यक्तित्वहरुले नगद प्रायोजन गर्नुभएको आयोजक मौसम इम्बुङ्ले बताएका छन् । बेलायतमा कार्यरत नेम खापुङ् र एन जे माबोहाङ्बाट ५९ हजार रुपैयाँ प्राप्त भएको थियो ।

तेह्रथुमे ढाका बुटिकबाट मायाको चिनो, त्यसैगरी इजारायलबाट नुमा काङ्भा र आईतरानी फाउण्डेशनका गायकरसंगीताकार सुजन तिगेला र हङ् कङ् मा कार्यरत चिना वनेमद्वारा गैर लिम्बू प्रतियोगी सम्पूर्णलाई मायाको चिनो प्रदान गरेका छन् ।

लिम्बू भाषा, संस्कृतिको जगेर्नासँगै सांस्कृतिक रुपान्तरण हाम्रो अभियान भन्दै शुरु गरिएको अन्तराष्ट्रिय लिम्बू टिकटक प्रतियोगिताले संसारभर छरिएर रहेका भाषाप्रेमीहरुलाई सामाजिक संजाल मार्फत भेट्ने अवसर मिलेको कार्यक्रमका आयोजक कलाकार तथा निर्देशक मौसम इम्बुङ् (फू?लेन्देको बाउ)ले बताएका छन् ।

प्रतियोगितामा ५ सय भन्दा धेरै टिकटकहरु मध्येबाट १ सय पच्हत्तरवटा टिकटकहरु अपलोड् भएका थिए । टिकटक अपलोड भएको १ महिना अवधीमा सबैभन्दा धेरै लाईक, सेयर र भ्यूज पाउने भिडियो नै विजेता बनेका हुन् ।

सम्बन्धित खवर