नेपाली कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाली कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काठमाडौं । नेपाली कांग्रेसबाट सांसद बनेकी प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।

बुधबार बिहान ९ बजे गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा सांसद छन्त्यालको निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

लामो समयदेखि बिरामी भएर गंगालाल अस्पतालमा भर्ना भएकी छन्त्याल समानुपातिक कोटामा नेपाली कांग्रेसबाट सांसद बनेकी थिइन् ।

सांसद छन्त्याल यसअघि संविधानसभा सदस्यसमेत भएकी थिइन् । बागलुङको पश्चिम क्षेत्रको सामाजिक विकासमा छन्त्यालको महत्वपूर्ण योगदान रहेको छ ।

मुटुमा समस्या भएपछि उनको डेढ हप्ताअघि मुटुको शल्यक्रिया गरिएको थियो । ६६ वर्षीया छन्त्याल बागलुङको तमानखोला गाउँपालिका ५ खुंखानीकी स्थायी बासिन्दा थिइन् ।

छन्त्यालको निधनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कांग्रेस नेता डा. शेखर कोइराला, प्रमुख सचेतक बालकृष्ण खाँण लगायतका नेताहरुले दुःख व्यक्त गरेका छन् ।

सम्बन्धित खवर