पुस्कर र एलिसा अभिनित ‘पुर्वकै नानी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुस्कर र एलिसा अभिनित ‘पुर्वकै नानी’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ । पुस्कर दहाल र एलिसा राई दमदार अभिनय रहेको बिल्कुलै नयाँ गीत ‘पुर्वकै नानी’ को भिडियो सार्वजनिक गरिएको छ ।

निर्देशक निकेश खड्काको निर्देशन रहेको भिडियो ओएसआर डिजिटल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतकार तथा संगीतकार भरत राईको शव्द तथा संगीतमा सजिएको गीतमा गायिका मेलिना राई र गायक सुवास थापा मगरको कर्णप्रिय आवाज रहेको छ ।

बुद्ध सायमीको संगीत संयोजन रहेको गीत अडियो नेपाल स्टुडियोमा तयार गरिएको हो । भिडियोमा समरा लामाको सृङगार तथा सुवोल थापाको कोरियोग्राफी रहेको छ ।

मन परेकी मायालुको मनैबाट तारिफ गर्दै आफ्नो बनाउन खोजिएको प्रेमिल भावहरु देखाइएको भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका छन् भने बिकास धमलाले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस :

सम्बन्धित खवर