दिनेश माङमुको निर्देशनमा ‘चरीचुच्चे च’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेश माङमुको निर्देशनमा ‘चरीचुच्चे च’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय यूवापुस्तामाझ लोकप्रिय निर्देशकको छवि बनाईरहेका निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा बिल्कुलै नयाँ लोकगीत ‘चरीचुच्चे च’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

कल्चरल कोरीयोग्राफीमा दखल राख्ने निर्देशक दिनेश माङमुको निर्देशन रहेको उक्त गीतमा चर्चित गायिका मेलिना राई र गनेश खड्काको आवाज रहेको छ ।

गीतकार तथा संगीतकार यज्ञ सापकोटाको शव्द तथा संगीतमा सजिएको गीतलाई संगीत संयोजन भने महेश बिक्रम पाण्डेले गरेका हुन् ।

सृष्टि खड्का, याम, प्रिया र नविन केसी लगायतको अभिनय रहेको भिडयोमा दूई प्रेमील जोडीहरुको माया पिरती र आकर्षक नृत्यलाई प्रस्तुत गर्न खोजीएको छ ।

मुकेश हुमागाईको छायाँकन रहेको भिडियोमा प्रकाश एस्केको सम्पादन रहेको छ । कविता तोलाङगीको सृङगार रहेको भिडियो नविन केसीको अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस : 

सम्बन्धित खवर