रीता फोम्बो ठूलीको पाःलाम ‘माङ्सारी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रीता फोम्बो ठूलीको पाःलाम ‘माङ्सारी’ सार्वजनिक(भिडियो सहित)


माङसेबुङ । बेलायतमा रहेर मौलिक गीत संगीतलाई माया गरिरहने गीतकार रीता फोम्बो ठूलीको पाःलाम ‘माङ्सारी’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार रीता फोम्बोको शव्द रचना, लयसंकलन तथा स्वरमा तयार भएको पाःलाममा दिलिप फुरुम्बोले साथ दिएका छन् ।

‘निङ्वासुम्’ गीतिएल्बमको सफलता पछि ‘निङ्वासुम्–२’ मा समाबेश गरिएको यो पाःलामको भिडियो रीता फोम्बो ठूलीको अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

निर्देशक लोकेन साम्बाको निर्देशन रहेको भिडियोमा सूर्य खापुङको प्रस्तुति रहेको छ । अशोक लोहरुङ राईले एरेन्ज गरेको गीतको भिडियोमा बबिता नेयोङ र इन्द्रसुशिल चोङबाङले अभिनय गरेका छन् ।

माङ्गेना कुरुम्बाङ, केहेरसिंह लिम्बू, पुष्पाञ्जली तिल्लिङ मादेन, आशिष लिम्बू, नैनकला लिम्बू, विरुहाङ सम्बाहाम्फे (युके), गजेन्द्र सम्बाहाम्फे (युके) तथा याक्थुङ केलाङ सयङ ललितपुरका कलाकारहरुको समेत अभिनय रहेको भिडियोमा मेघराज मगराती, लोकेन साम्बाको छायांकन÷ड्रोन रहेको छ ।

विकास दाहालको सम्पादन रहेको भिडियोमा छथरे ढाका उद्योग धरान र सेम्फुङमा क्रिएसनको भेषभूषा रहेको छ ।

भिडियो हेर्नुहोस ; 

 

सम्बन्धित खवर