सुजन तिगेला लिम्बूको ‘तिमीले छोए’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुजन तिगेला लिम्बूको ‘तिमीले छोए’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लकडाउनको समयमा एकपछि अर्को गीत पस्किरहेका गायक तथा संगीतकार सुजन तिगेला लिम्बूको अर्को कोसेली बिल्कुलै नयाँ गीत ‘तिमीले छोए’ को भिडियो सार्वजनिक गरिएको छ ।

निर्देशकको समेत छवि बनाईरहेका गायक तथा संगीतकार सुजनको निर्देशन रहेको भिडियोमा सुजन, स्मृति लिम्बू र आस्था लिम्बूले अभिनय गरेका छन् ।

डिम्पल वनेमको शव्दमा सुजनकै संगीत रहेको गीतलाई मेघराज थापाले संगीत संयोजन गरेका हुन् । भिडियो सुजन तिगेला लिम्बुको अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

गुञ्जन रेकर्डिङ स्टुडियो र ए वान म्यूजिसियन स्टुडियोमा सुसिल शाहको रेकर्डिङ तथा किसोर थापाको मास्टरिङ रहेको गीत कालजायी–२ मा समाबेश गरिएको छ ।

त्रीकोनात्मक प्रेमलाई आकर्षक ढंगले प्रस्तुत गर्न खोजिएको भिडियोमा नवराज घिमिरेको छायाँकन रहेको छ भने सम्पादन र कलरिङ शक्ति प्रज्वल घिमिरेले गरेका हुन् ।

भिडियो हेर्नुहोस :

 

सम्बन्धित खवर