रहेनन् भारतीय कोरियोग्राफर सरोज खान - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रहेनन् भारतीय कोरियोग्राफर सरोज खान

एजेन्सी । भारतीय कोरियोग्राफर सरोज खानको हृदयघातको कारण ७२ वर्षको उमेरमा निधन भएको छ ।

श्वासप्रश्वासमा गाह्रो भएपछि उनलाई मुम्बइस्थित गुरु नानक अस्पतालमा भर्ना गरिएको र उपचारको क्रममा उनको विहान १ बजेर ५२ मिनेटमा निधन भएको भारतीय सञ्चारमाध्यले जनाएको छ ।

श्रीमान, एक छोरा र दुई छोरी का धनी दुई सय भन्दा बढी बलिउड चलचित्रमा कोरियोग्राफी गरिसकेकी खानले सन् १९८३ मा फिल्म ‘हिरो’ बाट कोरियोग्राफीको काम सुरु गरेकी थिइन् ।

उनको हवा हवाई, एक दो तीन, ढकढक करने लगा, डोला रे डोरा, चने के खेतमे जस्ता गीतको नृत्य चर्चित रहेको छ ।

उनले कोरियोग्राफी गरेको अन्तिम चलचित्र भने ‘कंलक’ (२०१९) हो । तीन वर्षको उमेरदेखि नै विभिन्न चलचित्रमा नृत्य गरि आत्मनिर्भर भएकी खानले दुई हजार गीतहरुमा कोरियोग्राफी गरिसकेकी थिइन् ।

सम्बन्धित खवर