भिल्लारियलविरुद्ध बार्सिलोनाको फराकिलो जीत - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भिल्लारियलविरुद्ध बार्सिलोनाको फराकिलो जीत

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियलबिरुद्ध ४–१ गोल अन्तरले फराकिलो जीत निकालेको छ ।

आइतबार राति बार्सिलोनाले भिल्लारियलबिरुद्ध लुइस स्वारेज, एन्टोनी ग्रीजम्यान र अन्सु फातीकोे एक एक गोलमा र भिल्ला रियलका पाउ टोरेजको आत्मघाती एक गोलमा ४–१ को फराकिलो जीत निकालेको हो ।

भिल्ला रियलका लागि भने एक गोल जेरार्ड मोरेनोले गरेका थिए । यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्यड्रिडसँग अंक दुरी घटाएर ४ अंकमा झारेको छ।

बार्सिलोनाका लागि दुई गोल लियोनेल मेसीले असिष्ट गरेका थिए । यो सँगै मेसीले यस सिजनमा कुल १९ असिष्ट गरेका छन् ।

मेसीले यस अघि २०१४–१५ सिजनमा आफुले नै बनाएको १८ गोल असिष्टको रेकर्ड तोडेका हुन् । यो स्पेनिस ला लिगामा एकै सिजनमा कुनै पनि खेलाडीले गरेको अहिलेसम्मकै धेरै गोल असिष्ट हो ।

३४ खेलपछि बार्सिलोनाको ७३ अंक भएको छ भने शीर्ष स्थानमा रहेको रियल म्यड्रिडको ३४ खेलमा ७७ अंक रहेको छ ।

सम्बन्धित खवर