मास्क नलगाई घरबाहिर निस्किँदा प्रहरीले पक्राउ गर्ने - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मास्क नलगाई घरबाहिर निस्किँदा प्रहरीले पक्राउ गर्ने

काठमाडौं । घरबाहिर निस्किँदा मास्क नलगाई निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ ।

सोमबार गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएसंगै घरबाहिर निस्किँदा मास्क नलगाई निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको हो ।

यसैगरि घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसा अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने छ ।

गृहले जरुरी कामबाहेक घरबाहिर ननिस्कन, निस्कँदा अनिवार्य मास्क लगाउन, एकअर्काबीच कम्तीमा दुई मिटरको सामाजिक दूरी कायम गर्न निर्देशन अधिकारी जानकारी दिए ।

लकडाउनका कडाई नहुँदा कोरोना महामारी नियन्त्रणमा समस्या हुन सक्ने भएकाले यस्तो निर्देशन दिएको सूचना अधिकारी उमाकान्त अधिकारीले बताए ।

सम्बन्धित खवर