दमक / बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार उनले आफ्नो आधिकारिक सोसल मेडिया फेसबुक र ट्वीटर मार्फत जानकारी गराउदै आफूलाई कोरोना पोजिटिभ भएको पुष्टि गरेका छन् ।
बच्चनले लेखेका छन् ‘आज (शनिबार) साँझ मलाई कोरोना पोजेटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ, परिवारका सदस्य र स्टाफको पनि परीक्षण गरिएको छ । नतिजा आउन बाँकी छ ।’
यतिबेला बलिउडका महानायक बच्चनको मुम्बईको नानावाती अस्पतालमा उपचारका भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परिक्षण गराउन आग्रह गरेका छन् ।