जनता समाजवादीले दल दर्ताको प्रमाण–पत्र पायो - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

जनता समाजवादीले दल दर्ताको प्रमाण–पत्र पायो

काठमाडौं / जनता समाजवादी पार्टी नेपाल दर्ता भएको प्रमाणपत्र प्राप्त गरेको गरेको छ ।

निर्वाचन आयोगले औपचारीक रुपमा दल दर्ताको प्रमाणपत्र दिए संगै नयाँ दलको मान्यता प्राप्त गरेको छ ।

निर्वाचन आयोगकी सचिव देव कुमारी गुरागाईँले समाजवादी पार्टी र र राष्ट्रिय जनता पार्टी नेपाल एकीकरण भएर बनेको जनता समाजवादी पार्टी नेपाल भएको प्रमाणपत्र प्रदान गरेकी हुन् ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले प्रमाणपत्र प्रदान गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएका छन् ।

ठाकुर र यादवले निकालेको विज्ञप्तिमा अग्रगामी परिवर्तनका पक्षधर, संघीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवादप्रति समर्पित रहन सबै राजनीतिक शक्ति र व्यक्तिहरुलाई आव्हान पनि गरेका छन् ।

सम्बन्धित खवर