अनिस लाओतीको निर्देशनमा लघु चलचित्र ‘मिम्जिए’ युट्यूवमा सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अनिस लाओतीको निर्देशनमा लघु चलचित्र ‘मिम्जिए’ युट्यूवमा सार्वजनिक(भिडियो सहित)

आन्छुमे नसान

माङसेबुङ । मोडल तथा निर्देशक अनिसहाङ लाओती ‘सिङजाङ’को निर्देशनमा लिम्बु कथानक चलचित्र ‘मिम्जिए’ युट्यूवमा सार्वजनिक सार्वजनिक गरिएको छ ।

माङसेबुङ युथ सोसाईटीको प्रस्तुतिमा निर्माण गरिएको लघु चलचित्र ‘मिम्जिए’को माङसेबुङ टिभी युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

युट्यूवका दर्शकहरुको मागलाई ध्यानमा राखेर लघु चलचित्र ‘मिम्जिए’ युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको निर्देशक अनिसहाङ लाओती ‘सिङजाङ’ले बताए ।

मिलन ताप्मादेन, सुमीला लाओती, सन्जित फलना, हाङसिङ चेम्जोङ, खुसी थेगिम, रितिक माबोहाङ, युसा मगर, नुमा बोखिम, प्रताप ताप्मादेन, लक्ष्मी लाओती, खाम्बेक लाओती र पञ्च योङहाङ लगायतको अभिनय रहेको चलचित्र बिभिन्न ठाँउहरुमा सफलतापूर्वक बिशेष प्रदर्शनी गरिएको समेत निर्देशक लाओतीले बताए ।

माङसेबुङ युवाहरुको प्रयास रहेको माङसेबुङ परिसरमा छायांकन गरिएको सन्जित फलनाको कथा र संवाद रहेको लघु चलचित्रमा आदर्श लिम्बूको छायांकन तथा तिलक रिजालको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर