विनिता नेम्बाङका दुई गजल - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विनिता नेम्बाङका दुई गजल


विनिता नेम्बाङ

१.
तिम्रो र मेरो जिन्दगानी उस्तै उस्तै
पूरा हुन नसकेको, प्रेम कहानी उस्तै उस्तै

प्रेमिल चुम्बनमा, सिमित हाम्रो सम्बन्ध
बैंशले उन्माद त्यो, जवानी उस्तै उस्तै

सगै मायाको देश, परदेशिने हाम्रो बाचा
बीच बाटोमै अलपत्र, हराएको राहदानी उस्तै उस्तै

टुटिसक्यो आजभोली, सबै नाता हाम्रो
अझपनी सम्झनामा, बाच्ने बानी उस्तै उस्तै

२.
आफू उभिनलाई, एक आधार हुनुपर्छ
जनता सुखी हुन, बलियो सरकार हुनुपर्छ

पर्देशिए पल्लाघरे दाई, बाकस भरी कागज थन्काएर
पक्कै राखेर बन्धकी, साहुकोमा घरबार हुनुपर्छ

दिउसै रातको कुरा गर्छाै, बडो अचम्म लाग्छ
सम्झन्छु तिम्रो त्यो, मनै अन्धकार हुनुपर्छ

आफू सच्चा बन्न, झुटा कसम खान तयार तिमी
त्यसैले लाग्छ तिम्रा, बाचा कसम बेकार हुनुपर्छ


देउमाई नगरपलीका ९, जीतपुर, इलाम

सम्बन्धित खवर