
एजेन्सी / ब्राजिलीयन स्टार फरवार्ड नेयमारको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) कोपा डि फ्रान्सको च्याम्पियन बनेको छ ।
शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा सेन्ट इटिनेलाई १–० ले पराजित गर्दै पीएसजीले कोपा डि फ्रान्सको च्याम्पियन बन्न सफल भएको हो ।
नेयमारले खेलको १४औं मिनेटमा गोल गरे । उनले गरेको गाल नै पीएसजीको जीतमा निर्णायक बन्यो । सेन्ट इटिनेका डिफेन्डर म्याथिउ डिबुचीको गल्तीमा फ्रेन्च फरवार्ड केलियन एमबाप्पेले नेयमारसँग वान टु वान मुभमा गरेकोे प्रहारलाई सेन्ट इटिनेका गोलरक्षक जेसे मौलिनले बचाएपनि रिवाउन्डमा नेयमारले गोल गर्न सफल भएका थिए ।

सेन्ट इटिनका कप्तान लोइक पेरिनले केलियन एमबाप्पेमाथि गम्भीर ट्याकल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै ३१औं मिनेटमा सिधै रातो कार्ड खादै मैदानबाट बाहिए पछि सेन्ट इटिने १० खेलाडीमा समेटियो । ३३औं मिनेटमा एमबाप्पे पनि खेल्नै नसक्ने भएपछि सब्सिच्युट गरिएको थियो ।
यसअघि फ्रेन्च लिग वानको च्याम्पियन बनेको पीएसजीले यो सिजनको दोस्रो उपाधि हो । यो संगै पीएसजीले कोपा डि फ्रान्स १३औं पटक जित्न सफल भएको छ ।
अब पीएसजीले फ्रेन्च लिग कपको उपाधिका लागि लियोनसँग १ अगस्टमा प्रतिस्पर्धा गर्नेछ ।