थप नयाँ १३० जना कोरोना संक्रमित, जम्मा १८,६१३ पुग्यो - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थप नयाँ १३० जना कोरोना संक्रमित, जम्मा १८,६१३ पुग्यो


काठमाडौं । कोरोना भाइरसको संक्रमित आइतबार १ सय ३० जना थपिएको छ । यस संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ ।

स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ३ सय जनाको पिसिआर परीक्षणमा गरिएको मध्ये १ सय ३० जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

पछिल्लो २४ घण्टामा १ सय ६ जना कोरोना जितेर घर फर्किएका छन् । यससंगै १३ हजार १ सय २८ जना उपचारपछि निको भइसकेका छन् ।

अहिलेसम्म कोरोना संक्रमणबाट ४५ जनाको ज्यान गएको छ ।

सम्बन्धित खवर