इलाममा थप ९ जना कोरोना संक्रमित - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इलाममा थप ९ जना कोरोना संक्रमित


इलाम । कोरोना भाइरसको संक्रमित इलाममा नौ जना थपिएका छन् ।

आइतबार इलाममा ९ जना कोरोना संक्रमित थपिए संगै इलाम जिल्ला भित्र मात्रै कोरोना संक्रमितको संख्या ३५ पुगेको छ ।

इलामबाट सशस्त्र प्रहरीका १२ जना सहित ५६ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणको लागि पठाइएको थियो । जस मध्ये ६ जना सुरक्षाकर्मी सहित अन्य तीन जनामा कोरोना पुष्टि भएको हो ।

शसस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि गणबाट नियमीत गस्ति नहुने भएको छ । सशस्त्र प्रहरीको गणपति रोशन श्रेष्ठले गणमा उच्च शुरक्षा सर्तकर्ता अपनाईएको जानकारी दिए ।

भरतबाट आई इलाम नगरपालिकाको क्वारेन्टाइनमा रहेका इलाम नगरपालिका–६ का एक पुरुष र क्वारेन्टाइनमा खटिएका एक कर्मचारीलाई समेत कोरोना पुष्टि भएको छ । त्यस्तै माइ नगरपालिका–४ का २६ वर्षको पुरुषलाई समेत कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

संक्रमित सवैलाई उपचारको लागि पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित खवर