विश्वव्यापी अनलाइन पालाम प्रतियोगिताको टप १० सार्वजनिक - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वव्यापी अनलाइन पालाम प्रतियोगिताको टप १० सार्वजनिक


दमक । बिश्वव्यापी अनलाइन पालाम् प्रतियोगिताको टप १० छनौट भएका छन् ।

आइतबार निर्णायक यासेली योङहाङले ग्रुपको फेसबुक लाइभबाट निर्णय सार्बजानिक गर्दै फक्तालुङ चरणबाट मेन्छ्यायेम चरणको लागि १० जना प्रतिशपर्धिहरु छनौट भएको जानकारी गरे ।

उत्कृष्ठ १० मा पर्ने प्रतियोगीहरुले २०७७ साउन १४ गतेभित्र नयाँ पालाम पठाउनुपर्ने र १५ गते अपलोड हुनेछन् । सहभागीहरूले पहिलेकै भाकामा भए पनि हुने, तर सेम्मुइ भाकामा हुनुपर्ने जनाएको छ ।

प्रतियागीहरुको प्रस्तुतीलाई हेरेर दर्शकबाट साउन २० गते सम्ममा सामाजिक सञ्जालबाट आउने प्रतिक्रियालाई जोडी साउन २२ मा अन्तिम नतिजा सार्बजानिक गरिने आयोजकले जनाएको छ ।

याक्थुङ कल्चरल ग्रुपद्वारा आयोजित प्रतियोगितामा प्रथम हुनेले नगद रू. ५०,०००।– सहित एक पाःलाम रेकर्ड, प्रमाणपत्र र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।


त्यस्तै दोश्रो हुनेले नगद रू. ४०,०००।– सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर र तेश्रो हुनेले नगद रू. ३०,०००।– सहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

कार्यक्रमबाट लोकप्रिय पुरस्कार (पब्लिक च्वाइस) एक जनालाई, , उत्कृष्ट शब्द पुरस्कार एक जनालाई, उत्कृष्ट गैरलिम्बू पुरस्कार एक जनालाई, उत्कृष्ट जेष्ठ उमेर समूह पुरस्कार एक जनालाई, उत्कृष्ट कम उमेर समूह पुरस्कार एक जनालाई समान रुपमा नगद रू.१० हजार र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

मेन्छ्यायेम चरणका लागि छनौट भएका प्रतियोगीको नाम :
१. इन्दिरा नेम्बाङ
२. जीवन केदेम
३. पेपराज मावुहाङ
४. विक्रम येक्तेन
५. शान्तिराम खरेल
६. साँगुले ठूले
७. शिवकुमार सम्बाहाङफे
८. सुनिता लाबुङ
९. सुनिता संयक
१०.सुमन लिम्बु

सम्बन्धित खवर