सोमबार १३९ जना कोरोना संक्रमित थपिदा, ६२६ जना कोरोना मुक्त - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सोमबार १३९ जना कोरोना संक्रमित थपिदा, ६२६ जना कोरोना मुक्त


काठमाडौं । कोरोना भाइरसको संक्रमित सोमबार १ सय ३९ जना थपिएको छ ।

स्वावास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको परिक्ष्णबाट १ सय ३९ जना नयाँ संक्रमित थपिएको छ । यस संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय २६ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै १३ हजार ७ सय ५४ जना उपचारपछि निको भइसकेका छन् ।

अहिलेसम्म कोरोना संक्रमणबाट ४८ जनाको ज्यान गएको छ ।

सम्बन्धित खवर