महागुरु फाल्गुनन्द साक्षात माङ हुन् - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महागुरु फाल्गुनन्द साक्षात माङ हुन्


रमेश तुम्बापो


इलाम जिल्ला साविक इभाङ–५, हाल माङसेबुङ गा.पा.–२, अवस्थित चुक्चीनाम्बा (डाँडागाउँ) मा वि.स. १९४२ कार्तिक २५ गते आईतबारका रात्री ९.४५ बजेको समयमा पिता अंशुवन्त (जगुनबाज) र माता हंशमती बेघाको कोखबाट साइला सुपूत्रको रुपमा जन्मनु भएको महागुरु फाल्गुनन्दको बारेमा सहकर्मी मनकुमार फेजोङसँग सत्यतथ्य खोज अनुसन्धान गर्ने शिलसिलामा महागुरुको प्रत्यक्ष दर्शन गर्न पाउने परम भक्त शिष्य र तिनका परिवारहरुसँग गरिएको कुराकानीलाई यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।

एक पटक जोसमुनि सम्प्रदायको एउटा समूह आएर यो माङहिमलाई झण्डै झ्याम्पल लगाएर भत्काएको पनि रहेछ । तर त्यस दिन महागुरु पनि आउनु भएको रहेछ । महागुरुले माङहिम भत्काउन आउने जोसमनि सम्प्रदायको समूहलाई भन्नु भयो रे– लु त कसरी भत्काउँदो रहेछौं म पनि त हेरुँ, भन्नु भएपछि झ्याम्पलसँगै चुपचाप उम्दा उम्दा गरेर भत्काउँन नसकि त्यसै फर्केर गएका थिए रे हाम्रो बाजे देउनन्दले भन्नु हुन्थ्यो । महागुरु फाल्गुनन्दलाई कहिल्यै पनि नराम्रो पाप नसोच्नु । सत्य साँचो राम्रो मात्र सोच्नु, मनमा सोचेको कुरा सबै थाहा पाउँनु हुन्छ भनेर हामीलाई अर्ति उपदेश दिनु हुन्थ्यो हाम्रो बाजेले । एकदिन बाजेको कुरा नपत्याएर, चतुरमान राई नाम गरेको मान्छेले मनमनै के ग¥यो कुन्नि महागुरुले थाहा पाएर ए..चतुर भनि थाहा पाउदैन भनेर मनपरी भन्दैछस भन्नु हुँदै महागुरुले धकेल्नु पनि भएछ । साँचिच्कै छेछेति माङ हुनु हुन्थ्यो रे महागुरु ।

यसरी फर्कन्दै गर्दा अचानक २ जना महिला दिदी बहिनीहरुसँग हाम्रो जम्काभेट भयो उनीहरु अतालिए । हाम्रो निधांरमा खलखली बगिरहेका पसिनालाई पुच्दै लेच्छेबुङ भन्ने बारी (ठाउँ) कहाँ पर्छ बहिनीहरुलाई थाहा छ भनि सोध्यांै । हाम्रँे प्रश्नको जवाफ दिन भन्दा पनि पहिला ती दिदीबहिनीहरुले अतालिएको मानसिकतामा प्रति प्रश्न गरे, दाईहरु कहाँबाट आउनु भएको भनेर । हामी पान्थर फिदिमबाट महागुरु फाल्गुनन्द एक्लै बस्नु भएको लेच्छेबुङ बारी हेर्न आएको तर चिनाई दिने कोही नपाएर यसरी जंगल चाहार्दै छौं तपाईहरुलाई थाहा छ भन्यौं ? तर, पनि जवाफ आएनन् । ती दुई जना बहिनीहरुबाट केवल हि…..हि….हि.. दाईहरु हामी त आज हाम्रो गाउँमा प्रहरी आउने भएकोले यहाँ लुकेर बसेको तपाईहरुलाई अघिनै देखेका हौं तर, प्रहरीहरु आएको भन्दानी चुपचाप लुकेर बसेको भन्ने जवाफ मात्र आयो ।

उनीहरुले दाईहरु धेरै टाढाबाट आउनु भएको रहेछ लेच्छेबुङ यो पारीको थुम्कानै हुनुपर्छ । त्यहाँ देवशिलाहरु पनि रहेका छन् । हामीलाई पनि प्रस्ट थाहा भएन भने । यसपछि हामी पुनः लहरा बुट्यानहरुमा झुण्डिन्दै उकालो चढ्यौं र लेच्छेबुङ बारीमा पुग्यौं । महागुरु फाल्गुन्दज्यूले राख्नु भएको देवशिलाहरु जंगलभित्र त्यसै रहेछन लेच्छेबुङमा । अत्यन्त विकट स्थानमा पर्दोरहेछ, त्यहाँबाट जति कराए पनि कहीँ कसैले सुन्ने छैन् । महागुरुको काका काकीहरुले त्यस्तो विकट ठाउँमा एक्लै गएर बस कसरी भन्नु भएको होला महागरुलाई ? हाम्रो मनभित्र अनेक प्रश्नहरु उब्जिन्दै गए । महागुरुले खोप्नु भएको ढुङ्गे ओखललाई वरिपरि खोज्यौं तर, पाउँन सकेनौं । मध्यान्नको २ बजे तिर चतुरेमा खाएको चाउचाउ, चिउराले पनि बिदा दियो हामीलाई । तसर्थ झोलाबाट थप चिउरा झिकेर पानीसँग लेच्छेबुङ्को ढुङ्गामाथि बसेर खाएर खेतै खेत उकालो लाग्यौं । बाटोमा एउटा माङनिसा फर्रफराई रहेको घर भेटियो । घरकै छेउमा उभिरहेका २÷३ जना युवा युवतीहरुको समूहले कौतुहल्ता साथ हामीलाई हेरिरहेका थिए ।

हामीले समूह नजिक पुगेर परिचय दियौ । त्यहाँ बसेर हरिचन्द्र योङहाङ र उहाँको पिता दलबहादुर योङहाङसँग महागुरु फाल्गुनन्द केन्द्रीत वार्तालाप गरेर महागुरुको जन्म थलो हेर्न उकालो चढ्यौं । जन्मथलोको माटो एक–एक मुठी टिपेर पोका पारेर झोलामा लगाएको दृश्य देखेर त्यहाँका मानिसहरुले आश्चर्य मान्दै हेरिरहे हामीलाई । तर, दुःखद कुरा महागुरुको जन्मभूमिलाई वहाँकै कुल वंशले बेची राखेर बसाई गएका रहेछन् । त्यहाँबाट अझै् उकालो लाग्यौं महागुरुले रोप्नु भएको नास्पातिको बोट हेर्नुलाई तर, नास्पातिको बोट केही वर्ष अगाडीनै ढालेर मकिसकेको जराहरु मात्र भेट्यौं हामीले । त्यसैलाई पनि महागुरुको प्रतीक मानेर पोको पार्दै झोलामा लगायौं । र त्यहाँबाट एक डिल माथि चढ्दा महागुरु फाल्गुनन्दले सबै भन्दा पहिले बनाउन चाहानु भएको माङहिमको अवशेष भएको ठाउँमा पुग्यौं । आधा गारो पूरा भएर भत्किएको ढुङ्गाहरुको थुप्रो देखेर माङहिम बन्न नसक्नुको कारणबारे स्थानीय दलबहादुर योङहाङलाई केही कुराहरु सोध्यौं ।

माङहरु पनि मानेन् अरे, मान्छेहरु पनि मानेन् अरे भन्ने हामी छोटो जवाफ पायौं । तर, यतिले मात्र हाम्रो जिज्ञासा मेटिएन । हामी पुनः पानी उर्मानु भएको मूल हेर्न उकालो लाग्यौं । स्थानीय समाजले उक्त पानीको मुललाई सामान्य ढंगले संरक्षण गरेको रहेछ । परिचय खुल्ने साइन बोर्ड पनि राखेको रहेछ । झमक्क साँझ पर्न लागेकोले बुद्धवीर इधिङ्गोको घर तर्फ लाग्यौं । हाम्रो बास त्यहीँ भएकोले दलबहादुर योङहाङसँग छुटियौं ।

भोलिपल्ट २०७४ फागुन ५ गते स्थानीय मित्रहरुसँग ढेङग्री डाँडाको जंगल चार्हायौं । महागुरु फाल्गुनन्दको माङहिम बनाउने इच्छा पूरा नभएको ठाउँ ढेङ्ग्रे डाँडाको पान्थर पाटामा ठूलो टारसम्म फैलिएको छ । यहीनै महागुरुले माङहिम बनाउनु चाहानु भएको ठाउँ भनेर हामीलाई स्थानीय बासीहरुले देखाए । उक्त टारबाट केही तल झर्दा एउटा पानी मूल भेटिन्छ, यहीनै हो तपतपे पानी महागुरु फाल्गुनन्दले उर्मानु भएको भनेर हामीलाई स्थानीयहरुले चिनायो । त्यसपछि पान्थर इलामको सीमावर्ति बजार चिसोपानी पञ्चमी पुगेर इन्द्र लाओतीसँग हाम्रो भेट भयो । उहाँले बजारको केही पर भक्तबहादुर राईको घरसम्म पु¥याएर कतै सेवामा लाग्नु भयो । हामी भक्तबहादुरसँग महागुरु फाल्गुनन्दको बारेमा कुराकानी गरेर सिद्धिहाङमा राईको माङहिम हेर्न बाँझो गाउँतर्फ लाग्यौं ।

केही परसम्म तेस्रँे तेस्रो गएपछि करेङ करेङ छड्के लागेर पुन तेस्रँे लाग्दा सिद्धिहाङमाको माङहिम भेट्यौं । ठूलठूला लामो–लामो ढुङ्गाहरुले पुल थापेर माङहिमको प्रवेशद्धार बनाइएको रहेछ । एउटै ढुङ्गा माथि एकै पटकमा ३÷४ जना बस्न मिल्ने पत्रे ढुङ्गा माथि बस्ने ठाउँहरु माङहिम वरिपरि बनाइएको रहेछ । माङहिमको प्वालबाट माङहिमको भित्री भाग हेर्दा रानी चाँपका फुलहरुले कलशहरु सजाईएको थियो भने बत्तिहरु धिपधिप बलि रहेका थिए । माङहिम बाहिर मार्वल बोर्डमा देउनन्दको छोरी सिद्धिहाङमाको नाममा १९८४ सालमा महागुरु फाल्गुनन्दको आज्ञामा स्थापित भएको हो भनेर लेखिएको थियो । देउनन्द महागुरुकालीन भाते मुद्दाको लागि प्रमुख नाम भएकोले तत् सम्बन्धि परिवार स्रोतसँग बुझ्ने उद्देश्यले अझ परसम्म जाँदा एउटा घर भेटियो । वास्तवमा यिनै घर रहेछ देउनन्द राईको छोरा नातिहरुको घर । ऐतिहासिक व्यक्तित्व देउनन्द परिवारसँग रमाइलो भेटमा छोटो परिचय पश्चात महागुरु फाल्गुनन्दको विषय केन्द्रीत कुराकानी सुरु ग¥यौ । मैले फाल्गुनन्दको विषयमा प्रश्नहरु क्रमश सोध्दै गए देउनन्दको परिवारले जवाफ दिँदै गए ।

प्रश्न – यो माङहिम बनाउनुको पछाडि कुनै कारण छ कि ?
देउनन्द परिवारले पालैपालोसँग भने – हाम्री फुपूसासु सिद्धिहाङमा राईको चित्रेका रुपाबुङ राईसँग विवाह भएको रहेछ । उनका सासु ससुराहरुले जर्बजस्ती मासु खान लगाएपछि सिद्धिहाङमा फुपू बौंलाउन थाले छ । त्यति बेलासम्म हाम्रँे बाजेहरु (देउनन्द) सबै जोसमनि सम्प्रदायमा थिएछन् । सबै सबैले केही गर्दा पनि फुपू निको हुनु भएनछ, बरु आफै बक्न थाल्नु भएछ । त्यसरी बक्दा मलाई उपचार गर्ने मान्छे फाल्गुनन्द भन्ने गुरु हुनुहुन्छ उसले उपचार ग¥यो भने म निको हुन्छु नत्र हुँदिन भन्दै बक्नु भएछ । त्यसो भएपछि देउनन्द बाजेले फाल्गुनन्द गुरुलाई ल्याउनु भएछ र सिद्धिहाङमा फुपूको उपचार गर्नु हुँदा च्वाटै निको हुनु भएछ । अनि स्वंयम फाल्गन्द गुरुलेनै चारैसुर ढुङगा गाडेर यति भित्रमा माङहिम बनाएर पूजापाठ गर्नु त्यसो गर्दा सुव्यफाव्य पनि हुन्छ भन्नु भएको हुनाले त्यो माङहिम वि.स. १९८४ सालमा बनेको हो । वि.स २०२५ सालमा यो माङहिमको दाँयाबाँया दुवै तर्फबाट पहिरो बग्यो तर, यो माङहिम र हाम्रो पुरानो मुलघरलाई भने जोगाई राख्यो । फाल्गुनन्द गुरु सत्यनै हुनु हुँदोरहेछ । यसो बुझ्दा आफ्नी छोरी सिद्धिहाङमा नबौंलाएको भए त हाम्रो बाजे पनि जोसमुनिनै हुनुहुन्थ्यो होला । तर, छोरी बौलाएपछि महागुरु फाल्गुनन्दको परम भक्त शिष्य पनि बन्नु भयो ।

एक पटक जोसमुनि सम्प्रदायको एउटा समूह आएर यो माङहिमलाई झण्डै झ्याम्पल लगाएर भत्काएको पनि रहेछ । तर त्यस दिन महागुरु पनि आउनु भएको रहेछ । महागुरुले माङहिम भत्काउन आउने जोसमनि सम्प्रदायको समूहलाई भन्नु भयो रे– लु त कसरी भत्काउँदो रहेछौं म पनि त हेरुँ, भन्नु भएपछि झ्याम्पलसँगै चुपचाप उम्दा उम्दा गरेर भत्काउँन नसकि त्यसै फर्केर गएका थिए रे हाम्रो बाजे देउनन्दले भन्नु हुन्थ्यो । महागुरु फाल्गुनन्दलाई कहिल्यै पनि नराम्रो पाप नसोच्नु । सत्य साँचो राम्रो मात्र सोच्नु, मनमा सोचेको कुरा सबै थाहा पाउँनु हुन्छ भनेर हामीलाई अर्ति उपदेश दिनु हुन्थ्यो हाम्रो बाजेले । एकदिन बाजेको कुरा नपत्याएर, चतुरमान राई नाम गरेको मान्छेले मनमनै के ग¥यो कुन्नि महागुरुले थाहा पाएर ए..चतुर भनि थाहा पाउदैन भनेर मनपरी भन्दैछस भन्नु हुँदै महागुरुले धकेल्नु पनि भएछ । साँचिच्कै छेछेति माङ हुनु हुन्थ्यो रे महागुरु ।

प्रश्न– तपाईहरुको बाजे बोजुले भगवाननै हो भनेर विश्वास गर्नु भएको महागुरु फाल्गुनन्दलाई तपाईहरु आफैले चाहीँ कतिको विश्वास गर्नु हुन्छ नी ?
देउनन्द परिवार– हामीले फाल्गुनन्द गुरुलाई प्रत्यक्ष नदेखेतापनि उहाँप्रति अटल श्रद्धा विश्वास गर्छौं । उहाँ साक्षत भगवान हुन, स्वरुप मात्र मान्छे हुनु हुन्थ्यो । उहाँको आशीर्वादले आज देउनन्दको परिवारमा कुनै किसिमको दुःख, अभाव गरीबी छैन् । खान लगाउन मनग्य पु¥याई दिनु भएको छ । भ्याएसम्म उनै फाल्गुनन्दको सेवा पूजा गर्दछौं ।

प्रश्न– एकपटक मन्दिर सार्ने प्रयास पनि गर्नु भएको थियो अरेनी ?
देउनन्द परिवार– हो वि.स २०४९ साल तिरको कुरा हो । पंञ्चमी बजारमै बस्ने भइसकेकोले उतै माङहिम बनाएर माङ सामग्रीहरुलाई पनि उतै नयाँ माङहिम बनाएर सार्ने (गर्न नहुने काम ग¥र्यो) तर, माङ सार्ने हुँदा हुनुसम्म हुने दुर्घटनाहरु भयो । त्यसपछि हेर्नेहरुले माङ सामग्रीहरु पुरानै माङहिममा ल्याएनौं भने तिमीहरु सकिन्छौ भन्ने जोखना सुनाएपछि, पुनः पुरानै माङहिममा माङ बाजागाजा सहित माङ सामग्रीहरु ल्यायौं अनि मात्र हाम्रो परिवारमा मर्नेक्रम रोकियो नी ।
देउनन्द परिवारसँग यदि कुराकानी भएपछि, साविक कुरुम्बा–४, निवासी धनहाङ लाओतीसँग भेट गर्ने विचारले उहाँको घरतर्फ ओरालो लाग्यौ तर, धनहाङसँग भेट हुन सकेन हाम्रो । हामी त्यहाँबाट मुक्तुरामा महागुरु फल्गुुनन्दलाई प्रत्यक्ष देखी जान्ने २ जना वृद्धहरु छन् भन्ने कुरा थाहा पाएर मुक्तुरा तर्फ उकालो लाग्यौं । बाटोको दायाँबायाँ रहेको घरहरुमा पुगेर सोधनी ग¥यौ ती बृद्धहरुको बारेमा । तर, एक जना ८८ वर्षिय बृद्ध चाहीँ चिसोका कारण तराईमा झर्नु भएकोले हाम्रो भेट हुन सकेनन् । अझ थोरै माथि चढेपछि शिवदास रुपाबुङ नाम गरेका बृद्धसँग हाम्रो रमाइलो भेट भयो । उहाँको हातमा फूलेभेटी चढाएर ३ पटक माङसेवा गरेपछि फाल्गुनन्द केन्द्रीत सम्वाद सुरु ग¥यौं ।

प्रश्न– गुरु तपाईको जन्म ?
शिवदास – मेरो जन्म वि.स. १९८७ साल पौष १३ गते भएको हो ।
प्रश्न– तपाईलाई महागुरु फाल्गुनन्को बारेमा केही कुरा थाहा छ भन्ने कुरा सुनेर आएको हौं हामीलाई भन्न सक्नु हुन्छ ?
शिवदास– जुम्ल्याहा हात जोड्दै, आम्मै नी फाल्गुनन्द गुरु त शिव अवतार पो हुनु हुन्थ्यो त छेछेत्ती मनका कुरा जान्ने, देख्ने । वि.स १९९२ सालमा ढेङग्रीडाँडाको पान्थर पाटामा माङहिम बनाउँने भनेर तप्तपे पानी उमार्नु भएको बाटो माथि अझै त्यसै छ । तप्तपे पानीमा त्रिसुल, चिम्टा गाड्नु भएको थियो । यहीँका शंकरदास दुखुन राई (भोटाड्डगेवाला) ले कुवा सफा गरेर त्रिसुल त्यही गाडेको थियो । खोई कस्ले कता हाल्यो हिजो आज देखिन्दैन । त्यहीँ तप्तपे पानीको शिर माथि पनि पानी उमार्ने विचार गर्नु भएको थियो गुरुले तर, कुरुम्बाको लाओती सुब्बाहरुले माङहिम बनाउन दिएन । त्यसो र तप्तपेको शिरमा पानी पनि उमार्नु भएनन् । माङहिम पनि बनेन । तप्तपे पानीको शिरमा पानी उमार्ने ठाउँ हेर्नु भएको मेरै आँखाले देखेको ।
प्रश्न– महागुरुले माङहिम चाहीँ ठीक कुन ठाउँमा बनाउनु लाग्नु भएको थियो नी ?
शिवदास– तप्तपे पानी मूलकोे सिधै माथि ठूलो टार छ हौं त्यहाँ । काठपात च्यादर ल्याएर सराहरुले थिचेर राख्नु भएको मेरै आँखाले देखेको ।

प्रश्न– लाओतीहरुले किन माङहिम बनाउन नदिएको होला ?
शिवदास– जग्गा चाहीँ दिन्छौं, तर मन्दिर बनाउन चाहीँ दिदैनौ भन्यो । फाल्गुनन्द गुरुले घर बनाउन, गाईबस्तु राख्ने गोठ बनाउन जग्गा माग्नु भएकै होइन् खास माङहिम बनाउँन भनेर जग्गा माग्नु भएको हो । सायद, यो साँधुलाई यहाँ माङहिम बनाउन दिईयो भने जाँड, रक्सी, मासु खान दिँदैन भन्ने सोचेर नदिएको होला । यदि फाल्गुनन्दलाई त्यहाँ माङहिम बनाउन दिएको भए अब त ठूलो शहर बनि सक्ने थियो होला । त्यो कुरा लाओतीहरुले बुझेनन् ।

प्रश्न– लाओतीहरुले महागुरुलाई जग्गा दिए वापत महागुरुबाट रुपैयाँ रक्सी, मासु पनि लिएर खायो भन्ने चर्चा छ नी ?
शिवदास– त्यो त थाहा छैन । त्यसैबेला सुब्बाको बानी व्यवहोरा हेर्दा नखाई त के दिन्थ्यो होला र ।

प्रश्न – महागुरुलाई माङहिम बनाउन नदिनेहरुको नाम थाहा छ ?
शिवदास – थाहा छ नि, किन छैनन् ।

प्रश्न – माङहिम बनाउन नपाउँदा महागुरुलाई कस्तो लाग्यो होला ?
शिवदाश – नराम्रँे सराप दिनु भएको छ फाल्गुनन्द गुरुले ।

प्रश्न – तपाईले देख्दा महागुरु फाल्गुनन्द कस्तो हुन हुन्थ्यो ?
शिवदास – अम्मै हो, विहान केटाकेटी जस्तो उनको अनुहारको मासु मुलायम देखिन्ने स्वर पनि केटाकेटीकै जस्तो, मध्यान्नमा जवानीको रुप झरझर बल्ने, स्वर पनि उस्तै तिखो सुरिलो । साँझ पर्दै गएपछि अनुहारमा चाउरी परेको देखिन्थ्यो स्वर पनि बुढाबुढीको जस्तो हुने गलामा कण्ठा, कानमा विलविली लगाउनु हुन्थ्यो ।

प्रश्न – महागुरु फाल्गुनन्द को हुन, के हुन जस्तो लाग्छ ?
शिवदास – पक्कै शिव अवतार भगवान जस्तो लाग्छ । म जोसमनि भएपनि सधै फाल्गुनन्द गुरुलाई सम्झिन्छु । म वाल्यकालमै टुहुरा भएकोले जहीँतहीँ डुली हिड्थे, सधै भोक तिर्खा लाग्थ्यो । दुनियाँको लातवात पनि खाए होला । एक दिन त्यै ढेङगे्रडाँडामा फाल्गुनन्दले झोलीबाट सितली मिठाई झिरेर दिनु भएको थियो, त्यो मिठाई खाएपछि सधै जस्तो भोक लाग्न छोड्यो, सधै जस्तो डुलिहिड्न पनि मन लाग्न छोड्यो । त्यो सम्झेर आजपनि आश्चर्य लाग्छ ।
शिवदास गुरुसँग यतिसम्म वार्ता गरेपछि हुलाक देउराली निवासी सतनन्द गुरुलाई भेट्ने उद्देश्यले हामी त्यस तर्फ लाग्यौं । तर, बाटैमा सतनन्द गुरु घरमा नभएको जानकारी पाइयो । उहाँ स्वास्थ्य उपचारको लागि फिदिमस्थित छोरीज्वाई कहाँ जानुभएको रहेछ । तसर्थ रबि वजारमा पुगेर त्यस दिन बास बसियो ।


(यस लेख माङसेबुङ मासिकको फागुन अंकमा प्रकाशित रहेका छ ।)

सम्बन्धित खवर