झापामा थप तीन जना कोरोना संक्रमित - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापामा थप तीन जना कोरोना संक्रमित


झापा । कोरोना भाइरसको संक्रमित झापामा ३ जना थपिएका छन् । पुरुषमा पुष्टि भएको छ।

मंगलवार थपिएका संक्रमितहरु झापा गाँउपालिकाका २ जना र बिर्तामोड नगरपालिकाको एक जना पुरुष रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

उनीहरु भारतबाट आएर गाउँपालिकाले तयार पारेको स्थानिय क्वारेन्टिमा बसिरहेको थिए । उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारको लागि बि.पी. कोइराला स्वस्थ्यविज्ञान प्रतिष्ठान धरान लगिएको चम्लागाईले बताए ।

अहिलेसम्म झापा जिल्लामा संक्रमितको संख्या ३५१ पुगेको छ भने ३०४ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर