गीतकार इक्साहाङ चेम्जोङको ‘बरको हाँगा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गीतकार इक्साहाङ चेम्जोङको ‘बरको हाँगा’ सार्वजनिक(भिडियो सहित)


आन्छुमे नसान
माङसेबुङ । गीतकार इक्साहाङ चेम्जोङको शव्दभावमा सजिएको बिल्कुलै नयाँ गीत ‘बरको हाँगा’ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

संगीतकार चन्द्र श्रेष्ठको संगीत रहेको सुमधुर गीतलाई गायक बिमल खातीले गाएका हुन् । गीतलाई एरेन्ज गरेका हुन् ।

राजु कार्कीको संगीत संयोजन रहेको गीतको भिडियोमा देब्स राई र आयुषा लामाले अभिनय गरेका छन् ।

कर्ण अधिकारी र रविन खतिवडाले छायाँकन गरेको भिडियोमा विष्णु खातीको निर्माण, मिक्साम लिम्बूको सम्पादन रहेको छ ।

देव्स राईको निर्देशन रहेको भिडियो सी एण्ड डी च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर