लिम्बुवान इजरायलको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाश पाहिम निर्वाचित - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बुवान इजरायलको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रकाश पाहिम निर्वाचित

दिलकुमार लावती

दमक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च, इजरायलको दोस्रो अधिवेशन सामाजिक संजाल जुमबाट सम्पन्न भएको छ ।

मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त जुम कार्यक्रममा मञ्चका केन्द्रीय उपाध्यक्षहरु, महासचिव, उपमहासचिवहरुको समेत उपस्थिति रहेको थियो भने त्यसैगरी इजरायलमा क्रियाशिल विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधि त्यसैगरी पत्रकारहरुको समेत उक्त जुम अधिवेशनमा उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष लिङ्देनले एक लाख बर्ष सम्म पनि नेपालको राष्ट्रिय अखण्डता कायम राख्दै लिम्बुवान सहितको १०ं१ प्रान्त कायम गरी संघीय नेपाल बनाउन मञ्चले संघको एउटा र अरु एघार गरी बाह्रवटा झण्डा बोकेर राजनीति गरिरहेको बताएका छन् ।

स्थानीय सरकारलाई सिंहदरबारले कब्जा गरी प्रत्येक वार्डलाई करोडौं रुपैयाँ सिधै सिंहदरबार मार्फत दिएर डोजर चलाई भौतिक संरचनालाई ध्वस्त बनाई देशलाई तहसनहस बनाईरहेको ओली सरकारको विरुद्धमा सबै पहिचानवादी एकजुट हुन आग्रह गर्नुभएको छ ।

त्यसैगरी वर्तमान नेकपा सरकारको विरुद्ध पहाडमा आगो बाल्न पहाड केन्द्रित आन्दोलन गरिने बताउनु भएको छ । मञ्चले प्रचण्ड, वैद्य, बाबुराम र मधेश सबैसँग सहकार्य मोर्चाबन्दी गरेर निरन्तर आन्दोलनमा जोडिएको मञ्चका अध्यक्ष लिङ्देनले बताएका छन् ।

करिब ३ घण्टा ४० मिनेटसम्म संचालन भएको जुम अधिवेशनलार्ई सामाजिक संजाल फेसबुकबाट प्रत्यक्ष प्रशारण गरिएको उक्त अधिवेशनले प्रकाश पाहिमको अध्यक्षमा १३ सदस्यीय कार्य समिति नयाँ कार्य समिति चयन गरेको छ ।

नयाँ समितिमा बरिष्ठ उपाध्यक्ष प्रताप मादेन, उपाध्यक्षहरुमा दुर्गा चोङ्बाङ्, इन्दु लावती, महासविच गीता तुम्बाहाम्फे, सचिव संगीता आङ्थुपो, कोषाध्यक्ष धनु देवान, सह–कोषाध्यक्ष धनु देवान, सदस्यहरुमा क्रमशः प्रविन आङबुङ, बसन वनेम, सुदिप आङ्बुहाङ्, खुमा मगर लिम्बू, रोजी मगर चयन हुनुभएको छ ।

कार्यक्रमको अध्यक्षता इजराजय प्रवास अध्यक्ष माया चेम्जोङ् आङ्देम्बेले भने संचालन गीता तुम्बाहाम्फे फुदोङ्ले गर्नुभएको थियो ।

सम्बन्धित खवर