प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवलाई कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • बुधबार, असोज ०७, २०७७
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवलाई कोरोना संक्रमण पुष्टि


काठमाडौ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौं आएर फर्किए पछि स्वास्थ्य परिक्षण गर्दा बुधबार राति आएको रिपोर्टमा मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्री यादवसँगै उनका चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र एकजना सशस्त्र प्रहरीका जवानमा समेत कोरोना संक्रमण पुष्टि भएको मन्त्री निकट स्रोतले बतायो । स्रोतका अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ ।

उक्त प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), गृहसचिव, प्रहरी महानिरीक्षकलगायत सहभागी थिए ।

सम्बन्धित खवर