विश्वव्यापी पालाम प्रतियोगिताको उपाधि सुनिताको पोल्टामा - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वव्यापी पालाम प्रतियोगिताको उपाधि सुनिताको पोल्टामा


काठमाडौं । याक्थुङ साक्थिमिवा सयङ (याक्थुङ कल्चरल ग्रुप)द्वारा आयोजित ऐतिहासिक विश्वव्यापी पाःलाम् प्रतियोगिताको उपाधि ताप्लेजुङकी सुनिता लाबुङको पोल्टामा परेको छ ।

वरिष्ठ कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले नतिजा सार्वजनिक गर्दै लाबुङ विजेता भएको घोषणा गरेको हो ।

प्रतियोगितामा द्धितीय तेह्रथुमका शिव कुमार सम्बाहाङ्फ र तृतीय धरानकी सुनिता सङ्यक बनेका छन् । विजेताहरूले क्रमशः ५० हजार, ४० हजार र ३० हजार पुरस्कार राशी प्राप्त गर्ने छन् भने प्रथम हुनेलाई आयोजकले एउटा पालाम रेकर्ड पनि गरिदिनेछन् ।

त्यसैगरी उत्कृष्ट पालाम चोत्लुङ अवार्ड तेह्रथुमका पेपराज मावुहाङ र नडहा सुनसरीका शान्तिराम खरेलले प्राप्त गर्दा विक्रम एक्तेनले सर्वोत्कृष्ट प्रस्तुति, इन्दिरा नेम्बाङले उदयमान गायिका, सुमन लिम्बुले सेहोनाम्लाङ अवार्ड, जीवन केदेमले मुक्कुलुङ अवार्ड र साँगुले ठुले साङ्गोती र हाङ्गोती अवार्ड प्राप्त गरेका छन् ।

त्यसगरी तुम्याहाङ समूहबाट उत्कृष्ट सुखबिर ताम्लिङ (प्रतियोगी नं. १२२) भएका छन् । लोपन्मुख भाका सम्मान सरुना लिम्बू (प्रतियोगी नं. १४८), उत्कृष्ट फरक समुदाय बम विरही कुलुङ राई (प्रतियोगी नं. ७५), उत्कृष्ट पालाम (शब्द) निलिमा साम्पाङ (प्रतियोगी नं. २२४) र तेन्छा सेक्सिङ थुम्खो (पब्लिक च्वाइस्)ः कुमार विक (प्रतियोगी नं. ६३) छन् । विभिन्न विधामा अवार्डेड हुनेहरूलाई रुपैया दशहजार पुरस्कार दिइने आयोजकले जनाएको छ ।

किरात याक्थुङ चुम्लुङ युकेको गैरलिम्बू प्रत्येकलाई ५ हजार रुपयाँसहितको सम्मान दिने भएको छ भने एचडीडी हङकङले मेन्छ्यायेम चरणमा पुग्ने गैरलिम्बू शान्तिराम खरेललाई दशहजार पुरस्कार प्रदान गर्ने भएको छ ।

जम्मा ३५२ प्रतियोगी सहभागी भएको प्रतियोगिताले विभिन्न प्रतियोगीहरूलाई सम्मान समेत गरेको छ । सम्मान पाउनेहरूमा पदम सम्बाहाम्फे (३४४), सोना साउदेन (१६२), टुपेन्द्र एक्तेन (२५३), टेकराज तिगेला(२७), रुप्लाल खाम्दाक (३), थानाहाङ तिगेला (३०२), भिमा साउदेन (४९), सुरोज मादेन (२४२), आईत खजुम (४२), आइतमाया ईजम(२२६), चन्द्र आङ्देम्बे (२४३), देवेन चेम्जोङ (३३१) छन् ।

सम्बन्धित खवर