प्रदेश १ की सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रदेश १ की सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि


सुनसरी । प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

इटहरीमा बसोबास गर्दै आएकी श्रेष्ठले साउन २० गते स्वास्थ्यमा समस्या देखिएपछि शनिबार धरानमा स्वाब दिएकी थिइन् । बुधबार उनको पोजेटिभ रिपोर्ट आएको हो ।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भएको उनी दोस्रो उच्चपदस्थ व्यक्ति हुन् । यसअघि प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रदेश १ मा एक हजार पाँच सय ६३ कोरोना संक्रमित छन् । तीमध्ये एक हजार १४ जना कोरोना मुक्त भएका छन्

सम्बन्धित खवर