बिक्रमको निर्देशनमा जेबीको ‘तिमीले साथ दिए’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बिक्रमको निर्देशनमा जेबीको ‘तिमीले साथ दिए’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । डेढ दशक लामो रंगक्षेत्रमा ख्याती कमाएका रंगकर्मी निर्देशक बिक्रम फागो वनेमको निर्देशनमा बिल्कुलै नयाँ गीत ‘तिमीले साथ दिए’ भिडियो सार्वजनिक गरिएको छ ।

गायक जेबी चेम्जोङ लिम्बूको सुमधुर आवाजमा सजिएको गीत ‘तिमीले साथ दिए’को भिडियो माङसेबुङ पव्लिकेशनको अफिसियल युट्यूव माङसेबुङ न्यूज टिभी युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतकार तथा गायक टंक लिम्बू कुरुम्भङको शव्दभावमा संगीतकार राज लाबुङ लिम्बुको संगीतमा सजिएको गीतलाई टंक लिम्बूले संगीत संयोजन गरेका हुन् ।

गायक जेवी चेम्जोङ लिम्बू र सदिक्षा तुम्बापो लिम्बूको अभिनय रहेको भिडियो पूर्व झापाको बिभिन्न रमणिय स्थानहरुमा छायाँकन गरिएको छ ।

प्रेमील जोडी कारणबस छुटेपछि पुनरमिलन भएको युगल जोडीको प्रेमिल रोमान्सलाई प्रस्तुत गरिएको भिडियोलाई छायाँकन, ड्रोन र सम्पादन सुजन श्रेष्ठले गरेका हुन् ।

रीफ डिजिटल रेकर्डिङ स्टुडियो दमक झापाको पोष्ट प्रडक्सन क्रिएशन र इश्वरी श्रेष्ठ राईको सृङगार रहेको भिडियोलाई हिरासरी वाम्बुले राईले निर्माण गरेका हुन् ।

भिडियो हेर्नुहोस


सम्बन्धित खवर