राजेश पायल राईको आवाजमा ‘पनुनुमा तरेमे’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजेश पायल राईको आवाजमा ‘पनुनुमा तरेमे’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । चर्चित गायक राजेश पायल राईको सुधुर आवाजमा सजिएको लिम्बू गीत ‘पनुनुमा तरेमे’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

चर्चित गायक स्व. खेमराज गुरुङको रचना र संगीतमा रहेको गीतलाई यासेली योङहाङले अनुवाद गरेको गीतको भिडियो राजेश पायल राईको च्यानल दर्शन नमस्ते इन्टरटेन्मेन्ट प्रा.लि.बाट सार्वजनिक गरिएको हो ।

लोकप्रिय निर्देशक लोकेन साँबा लिम्बूले निर्देशन गरेको भिडियोमा मनि चाम्लिङ, निशा पोमु र मदन दुमी राईले अभिनय गरेका छन् ।

त्यसैगरी सिल्भर इन्टरटेन्मेन्टले व्यवस्थापन गरेको भिडियोमा गरिमा डान्स सेन्टर धरानको नृत्य रहेको छ ।

भूपेन्द्र तुम्बाहाम्फेको छायांकन, निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई लोकेनले निर्माण समेत गरेका हुन् ।

फणिन्द्र राईको संगीत संयोजन रहेको गीत राजेश पायल राईकै ‘आसेवारो’ एल्बममा समावेश भएको गीतको भिडियोलाइ स्व स् खेमराज गुरुङको पुण्यतिथिमा सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस


सम्बन्धित खवर