द भोइस अफ नेपालका फाइनलिस्ट बिकासको ‘पहिलो नजर’ सार्बजनिक (भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

द भोइस अफ नेपालका फाइनलिस्ट बिकासको ‘पहिलो नजर’ सार्बजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । द भोइस अफ नेपाल सिजन दुईका टप ४ फाइनलिस्ट विकास लिम्बुको सुमधुर आवाजमा सजिएको बिल्कुलै नयाँ गीत ‘पहिलो नजर’ को म्यूजिक भिडियो सार्बजनिक गरिएको छ ।

गीतकार ध्रुब के सीको शब्दभावहरुमा गायक तथा संगीतकार सुरज तामाङको संगीत रहेको गीतको भिडियो गायक बिकासकै अफिसियल युट्यूब च्यानल विकास लिम्बू मार्फत सार्वजनिक गरिएको हो ।

बिकास लिम्बू र बृक्षा लिम्बुको अभिनय रहेको भिडियोलाई सुरज तामाङले निर्देशन गरेका हुन् ।

देबेश राईको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतलाई आफ्नै स्टुडियो काठमाण्डौमा रेकर्ड गरिएको हो ।

बिद्मयार्थी जिवनको प्रेमलाई प्रस्तुत् गरिएको भिडियोमा रोहित लम्गादेको सृङगार र योगेश दहालको छायाँकन तथा सम्पादन गरेका हुन् ।

अर्जुनधारा झापामा छायाङकन गरिएको भोइस अफ नेपाल सिजन दुईका टप ४ बन्न सफल विकास लिम्बुको यो पहिलो अफिसियल भिडियो हो ।

भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=a3PHAxtWvuM

सम्बन्धित खवर