
- आन्छुमे नसान
माङसेबुङ । किराती लिम्बू तथा नेपाली गीत संगीतमा अनावरत रुपमा लागिपरेका गायक, गीतकार तथा संगीतकार यादन सेर्मा लिम्बु र गायीका चन्द्रकला राईको सुमधुर आवाजमा सजिएको मारुनी भाकाको पुर्बेली गीत ‘गुराँस टिपी’को भिडियो सार्वजनिक गरिएको छ ।
गीतकार तथा संगीतकारको रुपमा समेत छवि बनाएकी गायिका चन्द्रकला राईको शव्द तथा संगीतमा सजिएको यस मारुनी गीतको भिडियो गायक यादन सेर्मा लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

कृष्ण थलङको छायाँकन तथा सम्पादन रहेको लिप्सिङ भिडियोमा पदम राजन मगरको संगीत संयोजन रहेको छ ।
मुस्कान मुकारुङ राईको मिक्सिङमा मनै छुने मारुनी लयमा तयार पारिएको मारुनी भाकालाई दर्शक स्रोताहरुले मनपराउनु हुनेछ भन्नेमा गायक यादन र गायिका चन्द्रकला आशाबादी देखिएका छन् ।
भिडियो हेर्नुहोस