निशाको शव्दमा राजेश र सुस्मिताको आवजमा ‘चाईनेजो’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निशाको शव्दमा राजेश र सुस्मिताको आवजमा ‘चाईनेजो’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । गीतकार निशा नेम्बाङको शव्दभावहरुमा सजिएको बिल्कुलै नयाँ पुर्वेली भाकाको गीत ‘चाईनेजो’ भिडियो सार्वजनिक गरिएको छ ।

चर्चित गायक राजेश पायल राई र गायिका सुस्मिता राईको सुमधुर आवजमा सजिएको पुर्वेली भाकाको गीतको लिप्सिङ भिडियो गायक ताथ संगीतकार जेपी नेम्बाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

संगीतकार थामी खुशी भाईले लय संकलन गरेको गीतको संगीत संयोजन भने कृष्ण भक्त राईले गरेका हुन् ।

मनोज राईले छायाँकन तथा सम्पादन गरेको लिप्सिङ भिडियोमा अडियो मिक्सिङ भने राजु कार्कीले गरेका हुन् ।

स्टुडियो किङ अनामनगरमा रेकर्डिङ गरिएको उक्त गीतलाई सुरेश राईले रेकर्डिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर