
माङसेबुङ । पछिल्लो समय गीत संगीतमा चर्चा बटुलीरहेका गायक तथा संगीतकार जेपी नेम्बाङको सुमधुर आवाजमा सजिएको किरात लिम्बु गीत ‘फुङ हेके’ म्युजिक भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।
गीतकार तथा निर्देशक आन्छुमे नसानको निर्देशनमा निर्माण भएको उक्त भिडियो माङसेबुङ पव्लिकेशनको अफिसियल युट्यूव च्यानल माङसेबुङ न्यूज टिभीबाट सार्वजनिक गरिएको हो ।

गायक, संगीतकार तथा गीतकार प्रकाश सावादेनको शव्दभावहरुमा गायक तथा संगीतकार नरेश लिङदेनको संगीत रहेको भिडियोमा अनिस लाओती, स्वस्तिका सावदेन, पुष्पा लिम्बु, युसा मगर र सोले लिम्बुको दमदार अभिनय रहेको छ ।
डम्बर लिम्बूको संगीत संयोजन रहेको गीतको रेकर्डिङ भने म्युजिक मिडिया धरानमा विजय श्रेष्ठले रेकर्डिङ गरेका हुन् भने रि रेकर्डिङ किङ स्टुडियो काठमाण्डौमा गरिएको हो ।

लकडाउनको समयमा माङसेबुङ परिसरमा छायाँकन गरिएको भिडियोमा सपनीमा प्रेमीले देखेको प्रेमिल जोडीको रोमान्सलाई प्रस्तुत गरिएको छ ।
दिलिप सेर्माको छायाँकन तथा प्रविन ‘सेलिङ’ सेन्दोको सम्पादन रहेको भिडियो प्रकाश सावदेनको गीति एल्वम ‘मिक्सेन’मा संग्रहित गरिएको छ ।
भिडियो हेर्नुहोस