
- आन्छुमे नसान
माङसेबुङ । पछिल्लो समय नेपाली तथा लिम्बू चलचित्र र म्युजिक भिडियोहरु निर्देशन गर्दै आइरहेका बिशेष गरि कल्चरल तथा ग्लामरल दूवै बिधामा निर्देशन गर्न माहिर लोकप्रिय निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा ‘सफलता’ को म्युजिक भिडियो युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।
गायिका तायाहाङमा राईको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शि गीत ‘सफलता’ म्युजिक भिडियो चार महिने लामो लकडाउन पछि छायाँकन गरि दी प्रष्ट अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
प्रवासमा रहेर पनि नेपाली गीत संगीतलाई माया गरिरहेका दक्षिण कोरियामा रहनुभएका गीतकार प्रताप दिलुङछा राईको शव्दभावहरुमा सजिएको गीतलाई नेपाल आइडलका निर्णायक बरिष्ठ संगीतकार न्ययु वज्रचार्यले संगीत गरेका हुन् ।

बुद्ध थापाको छायाँकन तथा प्रकाश एस.के. को सम्पादन रहेको भिडियोमा अनुसा राई र कमल सिंहले दमदार अभिनय गरेका छन् ।
गोपाल रसाईलीको संगीत संयोजन तथा श्याम बगदासको मिक्सिङ मास्टरिङमा तयार भएको गीतको भिडियोमा समरा लामाको सृङगार र डाइनामिक मल्टीमिडिया प्रडक्सनको पोस्ट प्रडक्सन रहेको छ ।
एउटी प्रेमिकाले चोखो प्रेमको लागि आफ्नो सपनालाई त्यागेर खुसीसंग प्रेमीसंगै रहने अठोट गरेको हाँसो, खुसी र रोदनयुक्त पे्रमिल भावहरु समेटिएको भिडियोलाई संगिता हाङखिम राईले निर्माण गरेका हुन् ।
भिडियो हेर्नुहोस