
- आन्छुमे नसान
माङसेबुङ । गायक निश्चल प्रेम राईको शव्द, संगीत तथा स्वरमा सजिएको मेलोडियस गीत ‘साथ अरु संग’को म्युजिक भिडियो युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
नग्मा श्रेष्ठ र गायक स्वयम् निश्चल प्रेम राईको सुन्दर अभिनय रहेको भिडिया गायक निश्चलकै अफिसियल युट्यूव च्यानल निश्चल प्रेम राई युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

निश्चल प्रेम राईको निर्देशन रहेको भिडियोमा जोएल तामाङको सहायक छायाङकन र इसाक जबेगुको छायाङकन तथा सम्पादन रहेको छ ।
कृष्ण लिम्बूको संगीत संयोजन रहेको गीत ए प्लस स्टुडियोमा नरेश बि.सि.ले रेकर्डिङ गरेका हुन् भने साजन साहाले मास्टरिङ गरेका हुन् ।
भिडियो हेर्नुहोस