ब्रविम र सृजनाको ‘कोक्मा फाङजङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

ब्रविम र सृजनाको ‘कोक्मा फाङजङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । किराती तथा नेपाली गीत संगीतमा ख्याती कमाएका गायक ब्रबीम सेर्मा र उदयीमान गायीका सृजना जबेगुको सुमधुर आवाजमा सजिएको बिल्कुलै नयाँ रोमान्टीक लिम्बू गीत ‘कोक्मा फाङजङ’ भिडियो सार्वजनिक गरिएको छ ।

निर्देशक तथा छायाङकार भुपेन्द्र तुम्बाहाङफेको छायाङकन तथा निर्देशनमा डिल्ली बिक्रम सेर्मा र गायक ब्रबीम सेर्माकै शव्द तथा संगीत रहेको गीतको भिडियो ओरिजीन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

ब्रबीम सेर्मा, चन्दा लिम्बू, सानाया सेर्मा, सुमन तामाङ र नुनाम केरुङको अभिनय रहेको भिडियोमा सोम मगरातीको मेकअप, देवराज सिग्देलको सहायक छायाङकन र रेनिस फागोको कलरिङ रहेको छ भने अनिल रानाले सम्पादन गरेका हुन् ।

प्रमण आङदेम्बेको निर्माणमा पान्थरको चोकमागु, लोब्रेकुटी आसपासमा छायाङन गरिएको भिडियोमा दिदी बहिनीको प्रेम कथालाई आकर्षक ढंगले प्रंस्तुत गरिएको छ ।

टेकेन्द्र यक्सोको संगीत संयोजन र सेवा रेकर्डिङ स्टुडियो अनामनगर काठमाण्डौमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ तथा मास्टरीङ मुस्कान मुकारुङले गरेका हुन् ।

भिडियो हेर्नुहोस


सम्बन्धित खवर