लघु चलचित्र ‘पिडा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लघु चलचित्र ‘पिडा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । निरन साम्पाङको लेखन तथा निर्देशनमा निर्माण भएको लघु चलचित्र ‘पिडा’ सार्वजनिक गरिएको छ ।

संचारकर्मी देशराज नेम्बाङ, मधु सुब्बा, सुमी जंग राना र रुपमनी चाम्लिङको अभिनय रहेकोे लघु चलचित्र ‘पिडा’ मौलिक टिभी युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

निरन साम्पाङकै छायाङकन तथा सम्पादन रहेको लघु चलचित्रमा गरीबीले पिल्सीएको परिवारको सुख प्रप्ती गर्ने आशामा बिदेशिनु पर्दाको पिडालाई प्रस्तुत गरिएको छ ।

बहिनिलार्ई पढाएर ठुलो मान्छे बनाउने मायालुलाई सुख संग राख्ने सपना बोकेर बिदेशिएको युवा बिदेशमा पुगेपछि भोग्नु पर्दाको दुर्दशा र सपनाहरु टुटेपछि रित्तिएर फर्किनुको पिडा समाबेश गरिएको लघु चलचित्र ‘पिडा’ मा रुकुम काण्ड र १० वर्षे जनयुद्धको समेत झझल्को दिलाउछ ।

लघु चलचित्र हेर्नुहोस

सम्बन्धित खवर