कवि सुकबहादुर योङहाङका २ कविता, १. विष उत्पादन हुन्छ, २. चरी - Mangsebung News
  • शुक्रबार, मङि्सर १३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कवि सुकबहादुर योङहाङका २ कविता, १. विष उत्पादन हुन्छ, २. चरी

१. विष उत्पादन हुन्छ

समयसंगै बदलिएको
बुढो रुख
जसका पातहरु
किरा लागेर झरेका छन्
सितल, शान्त छैन्
हेर्यो विछटै
उराठ लागेर आउछ

सुर्यको किरण
प्रचण्ड, उन्माद गरम
विचारा किसानहरु पसिना सरी
अनि मजदुरहरु रगत सरी
संर्घषमा जीवन विताइ रहे

खोइ,
बन्दुक, खुकुरी र जनयुद्धले दुःख काटेको
यहाँ अचम्म छ
गाईको दुधमा
विष उत्पादन हुन्छ


२. चरी
अचेल पोथी चरी
अर्काको गुडमा जान्छे
अनि अण्डा कोरल्छे
तर अण्डा बच्चा हुन नपाउदै
गुडँबाट झारी फुटाउछे

न कुनै माया
न कुनै दया
एकबाट अर्को
सम्भोग गर्दै
हजारौ गुडँबाट
अण्डा झार्छे

पुन अर्को सम्भोगमा
तयार हुन्छे
कलियुगकी चरी
के चरी र तिम्रो चाहाना
उस्तै उस्तै हो


कचनकवल गाउँपालिका, झापा

सम्बन्धित खवर