सज्जाले चुमीन नेपाल आइडल सिजन–३ को उपाधि - Mangsebung News
  • बिहिबार, असार १९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सज्जाले चुमीन नेपाल आइडल सिजन–३ को उपाधि

नेपाल आइडल सिजन–३ का विजेता सज्जा चौलागाई

काठमाडौं । नेपाल आइडल सिजन–३ को उपाधि मोरङ पथरीकी सज्जा चौलागाईले चुमेकी छन् ।

शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमो मोरङ्गकी सज्जाले फाइनलमा किरण कुमार भुजेल र प्रविन बेडवाललाई पछि पार्दै उपाधि जितेकी हुन् ।

यसैगरि फस्ट रनरअप प्रवीण बर्दियाका बेडुवाल बनेका छन् भने सेकेन्ड रनरअपको उपाधि बर्दिवासका किरणकुमार भुजेलले हात पारेका छन् ।

नेपाल आइडल सिजन–३ की विजेता सज्जा चौलागाईं (बीच) फस्ट अनरअप प्रवीण बेडुवाल र सेकेन्ड रनरअप किरणकुमार भुजेल ।

कोरोना महामारीको चपेटामा परेको सिजन तीन नेपाल आइडलको इतिहासमा लामो सिजन पनि बनेको छ ।

यसैगरि फिनाले समेत कोरोना महामारीको चपेटामा परेकोले विश्वभरबाट दर्शकले दिएको भोट र निर्णायकको मूल्याङकनको आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन् ।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा

नेपाल आइड–३ को उपाधिसहित विजेता सज्जले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी फस्ट रनरअप प्रवीणले १५ लाख र सेकेन्ड रनरअप किरणले पाँच लाख नगद प्राप्त गरेका छन् ।

सज्जा नेपाल आइडलको इतिहासमा पहिलो महिला बिजेता बनेकि छन् । यसअघि सिजन–१मा बुद्ध लामा बिजेता भएका थिए भने सिजन–२ मा रवि ओड बिजेता बनेका थिए ।

आइडल प्रोजेक्ट हेड सुरेश पौडेल हुन् । उनका अनुसार कोभिड–१९ का कारण ग्रान्ड फिनाले सामान्य तवरमै सञ्चालन गरिएको हो कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।

मोरङ पथरीकी सज्जा नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थालेको थियो । उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ ।

एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो ।

सम्बन्धित खवर