नेपालमा थप १ हजार २ सय २८ जनामा कोरोना पुष्टि, संक्रमित ४२ हजार नाघ्यो - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालमा थप १ हजार २ सय २८ जनामा कोरोना पुष्टि, संक्रमित ४२ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।

बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा देशभरका विभिन्न जिल्लामा गरि थप १ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका थप १ हजार २ सय २८ जनासहित देशभर संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये नेपालमा २४ हजार २ सय ७ जना उपचारपछि घर फर्किएका छन् ।

यसैगरि पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ६ जनाको भए संगै मृत्यू हुनेको संख्या २ सय ५७ जना पुगेकोे छ ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेहरुमा चितवनको ४० वर्षीया महिला, भक्तपुरको ४० वर्षीया महिला, तनहुँको ९२ वर्षीया महिला, रुपन्देहीको ७७ वर्षीया महिला र ६५ वर्षीय पुरुष र सिन्धुपाल्चोकको ७७ वर्षीय पुरुष रहेका छन् ।

सम्बन्धित खवर