नेकपाको सहमति : बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेकपाको सहमति : बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने

काठमाडौं । राष्ट्रिय सभाको रिक्त एक पदमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय गरेको छ ।

बैठकपछि निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ ’प्रकाश’ले बामदेव गौतमलाई राष्ट्रिय सभासदस्य बनाउने निर्णय भएको जानकारी दिए ।

प्रधानमन्त्री ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहेपनि अर्का अध्यक्ष प्रचण्डलगायतले गौतमलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।

गौतमले पनि अहिले प्रतिनिधिसभा सदस्य बन्न अनुकल अवस्था नरहेकाले आफू राष्ट्रियसभामा जान तयार रहेको बताएका थिए ।

गत फागुन १४ गतेको नेकपा सचिवालय बैठकले पनि उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न पार्टीको तर्फबाट निर्णय गरेको थियो ।

सोही महिनाको २० गते खतिवडाको रष्ट्रियसभाको कार्यकाल सकिने भएपछि उनको ठाउँमा गौतमलाई पठाउने गरी सचिवालयले निर्णय गरेको थियो । तर प्रधानमन्त्री केपी ओली सो निर्णयलाई अवज्ञा गरेका थिए भने पार्टीभित्र यही विषयमा विवादसमेत चर्किएको थियो ।

विवादकै कारण ओलीले संघीय संसदको सदस्य नरही पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुरुप खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिएका थिए भने अहिलेसम्म कसैको मनोनयन भएको थिएन ।

बागलुङलगायत देशका विभिन्न ठाउँमा गएको बाढी(पहिरोको क्षतिप्रति सचिवालयको बैठकले दुःख व्यक्त गरेको तथा उद्धार र राहतको काममा लाग्न सरकारलाई अनुरोध गरेको श्रेष्ठले जानकारी दिए ।

बैठकले कार्यदलले प्रतिवेदन बुझाएको धन्यवाद दिँदै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले ठोस कार्ययोजना बनाएर सचिवालयमा पेश गर्ने निर्णय भएको छ । छिट्टै बस्ने स्थायी कमिटी बैठकमा प्रतिवेदन पेश गर्ने निर्णय भएको छ ।

सम्बन्धित खवर