
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ४४ हजार नाघेको छ ।
शुक्रबार १ हजार ३ सय ५९ जना संक्रमित थपिए संगै नेपनलमा कोरोना संक्रमितको संख्या ४४ हजार नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ६ सय ३८ जनामा गरिएको परिक्षमा शनिबार १ हजार ३ सय ५९ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै २५ हजार ५ सय ६१ जना उपचारपछि निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या २ सय ७१ पुगेको छ ।