
काठमाडौं । शनिबार १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १्२ हजार ४ सय ७३ जनामा गरिएको परिक्षमा शनिबार १ हजार ४१ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६६ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै २७ हजार १ सय २७ जना उपचारपछि निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या २ सय ८० पुगेको छ ।