भारतमा एकै दिन थपिए ९० हजार भन्दा बढी कोरोना संक्रमित - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भारतमा एकै दिन थपिए ९० हजार भन्दा बढी कोरोना संक्रमित


एजेन्सी । छिमेकी देश भारतमा कोरोना संक्रमित एकैदिन ९० हजार भन्दा बढी थपिएका छन् ।

पछिल्लो २४ घन्टामा भारतमा ९० हजार ६ सय संक्रमित थपिँदा कुल संक्रमितको संख्या ४१ लाख १० हजार ८ सय ३९ पुगेको छ ।

कोरोना संक्रमणका कारण शनिबार १ हजार भन्दा मानिसको मृत्यु भएसँगै कुल मृतकको संख्या ७० हजार ६ सय नाघेको छ ।

त्यस्तै भारतमा हाल सम्म ३१ लाख ७७ हजार ६ सय ७३ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।

पछिल्लो विवरण अनुसार विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ७० लाख ४३ हजार भन्दा धेरै पुगेको छ भने ८ लाख ८२ हजार ९ सय जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर