भारत विश्वको दोस्रो धेरै कोरोना संक्रमित भएको देश बन्यो - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भारत विश्वको दोस्रो धेरै कोरोना संक्रमित भएको देश बन्यो


काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसहरुको संख्या तिब्र गतिमा बृद्धी भइरहेको छ ।

भरखरै भएको ताजा अपडेट अनुसार भारत विश्वको दोस्रो सबैभन्दा धेरै कोरोना प्रभावित मुलुक बनेको छ ।

अमेरिकालाई पछ्याईरहेको ब्राजिललाई पछि पार्दै भारत दोस्रो स्थानमा उक्लिएको हो ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४२ लाख ४ हजार ६ सय १४ पुगेको छ । पछिल्ला २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९० हजार ८०२ नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसका ४१ लाख ४० हजार नाघेको छ ।

भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ७१ हजार ६४२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार १६ जनाको मृत्यु भएको हो ।

मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा नै छ । ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको कारण एक लाख २६ हजार ६ सय ५० जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका ३२ लाख ५० हजारभन्दा धेरै संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । भारतमा अहिले आठ लाख ८२ हजारभन्दा धेरै संक्रमित निको हुन बाँकी छन् ।

अहिलेसम्म विश्वमा कोरोनाका कुल संक्रमित २ करोड ७२ लाख ९६ हजार २ सय ७ पुगेको छ, भने १ करोड ९३ लाख ७९ हजार ४ सय ७८ पुगेको छ । कोरोना संक्रमणका कारण ८ लाख ८७ हजार ५ सय ९६ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर