अनिसको निर्देशनमा मनिस र बिजु अभिनिति ‘उडायो उडायो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख ०६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अनिसको निर्देशनमा मनिस र बिजु अभिनिति ‘उडायो उडायो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । कलाकार तथा निर्देशक अनिस सुव्वाको निर्देशनमा गायिका स्वास्तिका सावदेनको आवाजमा सजिएको सुमधुर गीत ‘उडायो उडायो’ भिडियो सार्वजनिक गरिएको छ ।

नाम्बिनहाङ लिङदेनको निर्माणमा बनेको भिडियो नाम्बिनहाङ लिङदेनको अफिसियल युट्यूव च्यानल माङसेबुङ म्युजिक भिडियो युट्यूव च्यानलबाट मंगलबार सार्वजनिक गरिएको हो ।

चर्चित बाल गायकको रुपमा ख्याति कमाएका कलाकार मनिस लिम्बु, विजु लङवा र सुमनिसा लिम्बुको अभिनय रहेको भिडियोलाई हेमराज चेम्जोङले छायाँकन गरेका हुन् ।

भिडियोमा सोभा जोसीको मेकअप रहेको छ भने सम्पादन नाम्बिनहाङ लिङदेनको रहेको छ । माङसेबुङ परिसरमा छायाँकन गरिएको भिडियोमा निर्माण सहयोगीहरु सेसेहाङ लिम्बु, बाइसकुमार राई, चोत्लुङ केदेम र खुविनहाङ लिङदेन रहेका छन् ।

टिन एजको प्रेम कथालाई प्रस्तुत गर्न खोजिएको भिडियोमा बिध्यार्थी जिवनमा बसेको माया पिरतिलाई दृश्यमा कैद गरिएको छ ।

गीतकार तथा संगीतकार प्रकाश सावादेनको शव्द, गायक तथा संगीतकार नरेश लिङदेनको संगीतमा सजिएको गीतको संगति संयोजन डम्बर लिम्बुले गरेका हुन् ।

म्युजिक मिडिया धरानमा रेकर्डिङ गरिएको ‘माबु धाम’ गीति एल्बममा संग्रहित गीतलाई बिजय श्रेष्ठले रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस


सम्बन्धित खवर