विश्वभरीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विश्वभरीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो


एजेन्सी ।
कोरोना भाइरस संक्रमणका कारण विश्व भरीमा मृत्यु हुनेको संख्या ९ लाख नाघेको छ ।

वल्डोमिटरले जनाए अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २ सय ७ जनाको मृत्यु भएसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ लाख ७ सय ६३ जना पुगेको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार भन्दा धेरै संक्रमित थपिउका छन् । यएसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या २ करोड ७७ लाख १५ हजार भन्दा धेरै भएको छ ।

अहिलेसम्म संक्रमितमध्ये १ करोड ९८ लाख २ हजार भन्दा धेरै निको भएका छन् । अहिले संसारमा ७० लाख १२ हजार भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो समय अमेरिका, ब्राजिल, रसिया लगायतका देशमा दैनिक संक्रमित र मृत्यु हुनेकोे संख्या घट्दै गए पनि छिमेकी मुलुक भारतमा भने केही दिनदेखी उच्च संख्यामा संक्रमित थपिदै गएका छन् ।

सम्बन्धित खवर