भारतमा कोरोना संक्रमित संख्या ४३ लाख ७० हजार १सय २८ पुग्यो - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भारतमा कोरोना संक्रमित संख्या ४३ लाख ७० हजार १सय २८ पुग्यो

काठमाडौं । पछिल्लो अपडेट अनुसार भारत विश्वको दोस्रो सबैभन्दा धेरै कोरोना प्रभावित मुलुक बनेको छ ।

पछिल्ला २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ७५ हजार ८ सय ९ नयाँ संक्रमित थपिएका हुन् । यससंगै भारतमा अहिलेसम्मको ताजा अपडेट अनुसार ४३ लाख ७० हजार १ सय २८ पुगेको छ । यो विश्वमै हर्ने हो भने अमेरिका पछि दोस्रो धेरैे हो ।

भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ७३ हजार ९ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण १ हजार १ सय ३३ जनाको मृत्यु भएको थियो ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका ३३ लाख ९७ हजार २ सय ३४ जना निको भइसकेका छन् । भारतमा अहिले आठ लाख ८२ हजारभन्दा धेरै संक्रमित निको हुन बाँकी छन् ।

अहिलेसम्म विश्वमा कोरोनाका कुल संक्रमित २ करोड ७७ लाख ३८ हजार ७ सय ८ पुगेको छ, भने १ करोड ९८ लाख ३१ हजार ९ सय ९३ जना निको भएर घर फकिएका छन् । कोरोना संक्रमणका कारण ९ लाख १ हजार ८ सय ६६ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर