बुधबार थप १ हजार ८१ जना कोरोना संक्रमित, कुल संख्या ४९ हजार नाघ्यो - Mangsebung News
  • शनिबार, असार २१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बुधबार थप १ हजार ८१ जना कोरोना संक्रमित, कुल संख्या ४९ हजार नाघ्यो


काठमाडौं । बुधबार १ हजार ८१ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै नेपालमा अहिलेसम्म संक्रमित संख्या ४९ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ११ हजार १ सय ६७ जनामा गरिएको परिक्षमा बुधबार १ हजार ८१ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय १८ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै ३३ हजार ८ सय ८२ जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या ३ सय १२ पुगेको छ ।

सम्बन्धित खवर