
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ ।
बिहीबार १ हजार २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै नेपालमा अहिलेसम्म संक्रमित संख्या ५० हजार नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ११ हजार १ सय ४४ जनामा गरिएको परिक्षमा बिहीबार १ हजार २ सय ४६ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ८ सय १८ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै ३५ हजार ७ सय जना उपचारपछि निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या ३ सय १७ पुगेको छ ।