शुक्रबार थप १४५४ कोरोना संक्रमित, संक्रमित संख्या ५२ हजार नजिक पुग्यो - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शुक्रबार थप १४५४ कोरोना संक्रमित, संक्रमित संख्या ५२ हजार नजिक पुग्यो


काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५२ हजार नजिक पुगेको छ ।

शुक्रबार १ हजार ४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै नेपालमा अहिलेसम्म संक्रमित संख्या ५२ हजार नजिक पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १० हजार ७ सय १ जनामा गरिएको परिक्षमा बिहीबार १ हजार ४ सय ५४ जना थपिएको छ । सयसंगै नेपालमा हालसम्मको कारोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय ८२ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससंगै ३६ हजार ६ सय ७२ जना उपचारपछि निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । यस संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या ३ सय २२ पुगेको छ ।

सम्बन्धित खवर