कोशी अस्पताललाई कोरोना परिक्षण मेसिन हस्तान्तरण - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कोशी अस्पताललाई कोरोना परिक्षण मेसिन हस्तान्तरण


विराटनगर । कोरोना भाइरस परीक्षणका लागि विराटनगर महानगरपालिकाले आरएनए एक्स्ट्राक्सन मेसिन कोशी अस्पताल विराटनगरलाई हस्तान्तरण गरेको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईलाई शुक्रबार उक्त मेसिन हस्तान्तरण गरेको हो ।

निजी क्षेत्रका उद्योगी, व्यवसायी, विभिन्न संस्था तथा व्यक्ति मिलेर खरीद गरी महानगरपालिकालाई हस्तान्तरण गरिएको सो मेसिनको मूल्य रु ३२ लाख रहेको सोही अवसरमा जानकारी दिइयो ।

यस मेसिनवाट नगरवासीले सहज र छिटो रिपोर्ट पाउन सक्नेछन् । महानगरले यसअघि एक थान पिसिआर मेसिन अस्पताललाई प्रदान गरेको थियो ।

यसले धेरैजानाको परीक्षणको रिपोर्ट चाँडो दिने अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा चुमनलाल दासले बताए । मेसिन सञ्चालनमा आएपछि २४ घण्टाका अवधिमा एक हजार पाँच सयको स्वाब परीक्षण गर्न मिल्ने छ ।

सम्बन्धित खवर